सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप छनौट : उरुग्वेले कोलम्बियालाई हरायो, अर्को खेलमा चिली विजयी

काठमाडौं । विश्वकप फुटबल छनौटअन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा उरुग्वेले कोलम्बियालाई ३–० ले हराएको छ ।

कोलम्बियामा आज बिहान सम्पन्न खेलमा पाहुना टोली उरुग्वेलाई विजयी गराउन एडिन्सन काभानी, लुइस सुवारेज र डार्वीन नुनेजले एक एक गोल गरे ।

खेलको अन्तिम मिनेटमा कोलम्बियाका यरी मिनाले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

दक्षिण अमेरिकी समुहकै अर्को खेलमा चिलीले पेरुलाई २–० ले हराएको छ । खेलमा चिलीलाई विजयी गराउन दुवै गोल अर्टुरो भिडालले गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार ०९:२०