सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम कहाँ कस्तो?

काठमाडौं ।  मुलुकका सबै जसो स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ। यसबाहेक अन्य सबै भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।

शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ०९:०२