सूचनाको शक्ति - The Power Of Information

        

लामो समयपछि नेपालको राष्ट्रिय फुटबल टोली आज मैदानमा उत्रिदै, बंगलादेशसँग मैत्रिपूर्ण खेल हुँदै

काठमाडौं । नेपालले आज बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ ।

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल श्रृंखला अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रन पाउँदा नेपाल र बंगलादेश दुवैै टोली खुसी हुनेछन् ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताए ।

ढाकामा हिजो भएको पत्रकार सम्मेलनमा बोल्दै महर्जनले पछिल्लो समय बंगलादेशविरुद्ध नेपालले राम्रो फुटबल खेलिरहेको र सकारात्मक नतिजा आएका कारण आफ्नो टिम सोहि नतिजा दोहो¥याउन तयार रहेका प्रष्ट पारे ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ०८:१६