सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाविरूद्धको रूसी भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दाबी

काठमाडौं । रूसले बनाएको कोरोनाविरूद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।

रुसको सभेरियन वेल्थ फण्डले स्पुतनिक खोपबारे यस्तो जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

हालसम्मको परीक्षणको नतिजाका आधारमा उक्त खोपको प्रभावकारिता सार्वजनिक गरिएको उल्लेख गरिएको छ। रुसी प्रत्यक्ष लगानी कोष आरडी आइएफको सहयोगमा विकास भइरहेको खोप १६ हजार बढीमा परीक्षण गरिएको थियो।

रूसले गत अगस्टमा स्पुतनिक भी भ्याक्सिनलाई स्वीकृति दिएको थियो। विश्वमा १२ लाखभन्दा बढीको मृत्यु हुनेगरी विश्व अर्थतन्त्रलाई नै नराम्ररी असर पारेको कोभिड-१९ संक्रमणविरुद्धको खोप उत्पादनका लागि १२ भन्दा बढी राष्ट्र लागी परेका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०९:२८