सूचनाको शक्ति - The Power Of Information

        

गोली प्रहारबाट युवतीको हत्या

काठमाडौं । रौतहटमा माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानी हत्या भएको छ । गएराति एक विवाहित युवतीको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

माधवनारायण नगरपालिका–७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या कसले गरेको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन ।

युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी राति करिब ११ बजे अज्ञात समूह साहको घरमा पसी युवतीको कन्चटमा गोली प्रहार गरेको हो । गोली लागेपछि ढलेकी युवती साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित भएको थियो । गत असार महिनामा युवतीको सम्बन्धविच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएकी थिइन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०८:४९