सूचनाको शक्ति - The Power Of Information

        

एकसय दस किलो गाँजा सहित एक पक्राउ

मकवानपुर । शसस्त्र प्रहरीले एकसय दस किलो तयारी गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरीको एकडारा चेक प्वाईन्टले ना३च ९६२४ नं. को पिकअपमा मकवानपुरबाट ल्याएको गाँजा एकडारा गाउँपालिका वडा नं. ३ भटौलिया देखि पश्चिम – भंगहिया र  पुर्व सडक छेउकै आपको बगैँचा नजिक झार्दै गर्दा बुधवार राती ८ः३० मा समातेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेड क्वाटर जलसागर प्रमुख शसस्त्र प्रहरी उपरिक्षक(एसपी) सुरेश सापकोटाले बताए ।

गाँजासंगै मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं. २ चुनिया निवासी अमर कुमार थिंगलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । थिंगले आफू पिकअप धनी रहेको सोधपुछका क्रममा बताएपनि प्रहरीको अनुसन्धान पछिमात्र वास्तविकता खुल्ने शसस्त्रका एसपी सापकोटाले बताए । चालक भागेकोले खोजीकार्य भइरहेको सापकोटाले बताए ।

पिकअपभित्र कुखुरा र गाईवस्तुलाई खुवाउन प्रयोग हुने चोकर तिस बोरा रहेको र सोहिको बीच  भागमा बोरामा हालेर आठ प्याकेटमा गाजा राखिएकोमा सोहि बोराहरु झार्दैै गर्दा एकडारा चेकप्वाईन्टको टोलीले समातेको उनले बताए ।

 तस्करहरुले पिकअपबाट झारेको केहि बोरा लिएर भाग्दै गर्दा शसस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।  यसअघि पनि एकडारा चेकप्वाइन्टले ठूलो परिमाणमा लागुऔषध र गाँजा नेपाल प्रहरीलाई बुझाइसकेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०८:५२