सूचनाको शक्ति - The Power Of Information

        

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

प्रतिकात्मक तस्वीर

डोटी  । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ ।

चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो ।

प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तस्राव नरोकिएका कारण उहाँको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिनुभयो ।

उहाँले जन्माउनुभएको नवजात शिशुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०८:३१