सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर कस्तो रहन्छ?

काठमाडौं ।  देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशभरको मौसम सफा हुने मौसमविदले बताएका छन्।

अहिले प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ०८:२९