काठमाडौं । हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।
बुधबार बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था बेइजिङ्गले पारित गरेको थियो । त्यस लगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।
सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षी आवाज बिहीन भएको हो । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।
चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन् । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ ।
तर सांसदको राजीनामा पछि डेमोक्र्याटिक पार्टीका अध्यक्ष वु ची–वाईले भने, ‘हामी अब विश्वलाई भन्न सक्ने छैनौँ कि हामीसँग अझै पनि एक देश, दुई प्रणाली कायम छ । आधिकारिक रुपमै सो व्यवस्था मरेको छ ।’
बेलायतको उपनिवेश रहेको हङकङलाई सन् १९९७ मा सन् २०४७ मा एक देश दुई प्रणाली रहने गरि चीनलाई हस्तान्तरण गरिएको थियो ।
हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरु मध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरियो । बाँकीले सामूहिक राजीनामा दिए ।
सत्यपाटी ।