सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

२५६९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर कुल संक्रमितको संख्या २ लाख नाघ्यो

२६ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ ।

२४ घण्टामा १०हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १६६६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६१ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १६:५१