सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट धरानमा दम्पतीको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान–१४ विजयपुरमा श्रीमान र श्रीमतीको मृत्यु भएको छ। तीन दिन अघि ६७ वर्षीय वृद्धाको मृत्यु भएको थियो।

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो। आज बिहान उनका ७४ बर्षीय श्रीमानको पनि उपचारको क्रममा मृत्यु भएको धरान उपहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

तीन दिनअघि श्रीमतीको कोरोना संक्रमणले मृत्यु भएको हो। आज बिहान श्रीमानको पनि मृत्यु भएको मेहताले जानकारी दिए। मृतकको कात्तिक २१ गते स्वाब संकलन गरिएको थियो।

उनको पिसीआर रिपोर्ट २३ गते पोजेटिभ आएको मेहताले बताए। घरमा नै बसेका वृद्धलाई आज बिहान गाह्रो भएपछि करिब साढे ९ बजेतिर वीपी प्रतिष्ठान लगिएको थियो।

उनको बिहान साढे १० बजे मृत्यु भएको जानकारी आएको पनि मेहताले बताए।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:०८