सूचनाको शक्ति - The Power Of Information

        

दशगजा क्षेत्रबाट २० तोला चाँदीको सिक्कासहित भारतीय युवा पक्राउ

पर्सा । चाँदीको सिक्कासहित रौतहटबाट एकजना भारतीय युवा पक्राउ परेका छन् । चाँदीको सिक्कासहित पक्राउ पर्नेमा भारत जिल्ला मोतिहारी सिक्टा घर भएका २३ वर्षका चन्दन साह सोनार रहेका छन् ।

सोनारलाई गौर नगरपालिका वडा २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपाल तर्फ आउँदै गरेका बेला प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २० तोला तौलका २० वटा चाँदीको सिक्का बरामद गरेको छ।

चाँदीसहित पक्राउ परेका सोनारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ११:०७