काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदैछन्। ओलीे बिहान साढे ८ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका पुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्न कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमन गरी राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको समेत अनुगमन गर्न च्याम्ताङ पुग्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए।
यस्तै ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्न पनि कार्यक्रम रहेको छ। यस्तै फ्याक्सिन्दामा प्रधानमन्त्री ओलीले जिल्लाका नेता कार्यकता, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम गर्ने र आजै दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको सांसद राजेन्द्र गौतमले जानकारी दिए।
सत्यपाटी ।