सूचनाको शक्ति - The Power Of Information

        

आपसी एकता र सद्भाव बृद्धि होस् : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभुति, समाज सुधारक महागुरु फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव बृद्धि होस्’ भन्ने कामना व्यक्त गरेका छन् ।

फाल्गुनन्दको १३६ औं जन्मजयन्तीका अवसरमा ट्वीटमार्फत् सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्,  ‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु ।’

उनले, ‘यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु’ ट्वीटरमार्फत् भनेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १०:३१