सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको महामारीमा विश्वविद्यालयले शुल्क लिएको प्रति नेविसंघको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले  विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौँ विश्वविद्यालयले सूचना प्रकाशित गरेर शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएका हुन्।

‘विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्’, विज्ञप्तिमा भनिएको छ ।

शुल्क उठाउने निर्णय खारेजको माग गर्दै नेविसंघले रिले अनशन बसेका काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ ।

कोभिड–१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०९:३८