काठमाडौं । काठमाडौंमा एकविहानै बसको ठक्करबाट पुरुषको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका-५ थानकोटमा विहान करिब पौने पाँच बजेको समयमा नम्बर नखुलेको बसको ठक्करबाट तरकारी बेच्न हिँडेका पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नविन लोहार रहेको ट्राफिक प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको ओम समाज अस्पतालमा ज्यान गएको हो ।
ठक्कर दिने बसको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
सत्यपाटी ।