सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा अहिलेसम्मकै धेरै ६ लाख ७७ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा साढे ६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ७७ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यसअघि तीनदिन अगाडि ५ लाख ९३ हजार ७५२ जना एकैदिन संक्रमित भएका थिए । तर, उक्त संख्यालाई पनि पछिल्लो २४ घण्टाको तथ्यांकले उछिनेको हो ।

२४ घण्टामा ६ लाख ७७ हजार ८०६ जनामा कोरोना संक्रण पुष्टि हुँदा सोही अवधीमा ८ हजार ३११ संक्रमितको मृत्यु भएको छ । यसअघि आजसम्मकै सबैभन्दा धेरै अप्रिल १२ मा हजार ४२८ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

पछिल्ला केही हप्ता यता विश्वमै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।  यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ५ करोड २ लाख ६६ हजार ३३ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ५४ हजार ५६७ जनाको मृत्यु भइसकेको छ ।  हालसम्म विश्वमा सबैभन्दा धेरै कोरोनाका कारण ज्यान गुमाउने र संक्रमित हुने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म ९७ लाख ६३ हजार ७३० जनामा कोरोना संक्रमण भइसकेको छ भने २ लाख ३५ हजार ५६२ संक्रमितको मृत्यु भइसकेको छ ।

धेरै संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा हालसम्म ८५ लाख ५३ हजार ६५७ जनामा कोरोना संक्रमण देखिसकेको छ । १ लाख २६ हजार ६११ संक्रमितको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १ लाख ६२ हजार २६९ संक्रमितको ज्यान गइसकेको छ । ५६ लाख ५३ हजार ५६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यता, नेपालमा हालसम्म १ लाख ९७ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ हजार १२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०८:०४