सूचनाको शक्ति - The Power Of Information

        

बाइडेनले गठन गरे कोरोना महामारी नियन्त्रण गर्न टास्क फोर्स

काठमाडौं ।  अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना महामारीको सामना गर्न कोभिड–१९ टास्क फोर्स गठन गरेका छन्।

१३ सदस्यीय टास्क फोर्समा ३ सहअध्यक्ष र १ सदस्य छन्। टास्क फोर्सले कोरोना नियन्त्रणका विषयमा वैज्ञानिक र विज्ञसँग सल्लाह लिने बाइडेनले बताएका छन्।

उनले कोरोना महामारीको सामना गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्र्दै त्यसका लागि प्रभावकारी खोपको खोजी गर्नु ठूलो चुनौती रहेको बताए।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०७:४०