सूचनाको शक्ति - The Power Of Information

        

बिहारमा विधान सभाको निर्वाचनको मतगणना आजबाट

काठमाडौं । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ ।

यसको नतिजा आज राति सम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा नीतीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी मैदानमा रहेकोमा यी दुइ पार्टीबीच कडा टक्कर हुने बिश्लेषण गरिएको छ ।

बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् ।

यदि प्रक्षेपण मेल खाएका बिहारमा तीन कार्यकालदेखि सत्ताको बागडोर सम्हालि रहनु भएका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का ब्यहोर्नुपर्ने छ ।

शनिबार तेस्रो चरणको विधान सभा निर्वाचन सम्पन्न भएको थियो । बिहार बिधानसभामा कुल २ सय ४३ सीट रहेकोमा सरकार गठनका लागि १ सय २२ सीट ल्याउनु पर्ने प्रावधन छ । एजेन्सी

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०७:२२