काठमाडौं । मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल किन्ने ७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चोरीको उजुरी परेपछि खोजतलास गर्दै जाँदा ७ लाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ पर्ने बाराको करैयामाई नगरपालिका–५ घर भई हाल चितवनको खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, बारा करैयामाई नै घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी, भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।
त्यसैगरी चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेका हरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सत्यपाटी ।