सूचनाको शक्ति - The Power Of Information

        

बलिउड फिल्म निर्माता फिरोजकी श्रीमति पक्राउ, घरमा भेटियो गाँजा

काठमाडौं । घरमा ड्रग्स भेटिएपछि बलिउड फिल्म निर्माता फिरोजकी श्रीमति शाबाना सइदलाई एनबीसीले पक्राउ गरेको छ ।

समाचार एजेन्सीका अनुसार आइतबार भएको छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको छ ।

छापामारी हुँदा फिरोज घरमा थिएनन् । एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । फिरोज सोमबार पेश हुनुपर्नेछ ।

अनुसन्धान एजेन्सीले हिरासतमा लिइएका केही संदिग्धसँगको सोधपुछका क्रममा फिरोजको नाम सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०९:०४