काठमाडौं । देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशभरको मौसम सफा हुने देखिएको मौसमविदले बताएका छन्।
अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।
सत्यपाटी ।