वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा १२ वर्षका बालकको घटनास्थलमै मृत्यु भएको छ।
वीरगञ्ज २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको मृत्यु भएको हो।
लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गरेको बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए ।
चालक भने दुर्घटना पछि फरार भएका छन्।
सत्यपाटी ।