सूचनाको शक्ति - The Power Of Information

        

दुई दिनमै २ हजार बढ्यो सुनको मूल्य, कति छ आज ?

काठमाडौं ।  सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।  यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ११:३६