सूचनाको शक्ति - The Power Of Information

        

बाइडेनले विजयी सम्बोधनमा भने, ‘मुलुकलाई विभाजित गर्दिन’

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गर्नुभएको छ ।

गृहराज्य डेलवरको विलमिङटनबाट देशबासीलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई विभाजित नगरेर जोड्ने बताउनुभयो ।

रातो र निलो रंगको राज्यलाई नहेरी संयुक्त राज्य अमेरिकातर्फ आफ्नो दृष्टि हुने उहाँको भनाइ थियो ।

जनताको भरोसालाई विनम्रतापूर्वक स्वीकार गरेको भन्दै बाइडेनले आफु कुनै पार्टीको नभइ अमेरिकाको राष्ट्रपति भएको उल्लेख गर्नुभयो ।

सबैको साथ र सहयोगले अमेरिकालाई मजबुत बनाउने उहाँको भनाइ थियो । सम्बोधनका क्रममा नवनिर्वाचि राष्ट्रपति बाइडेनलले आफ्नो पहिलो काम कोरोना भाइरसको नियन्त्रण रहने पनि बताउनुभएको छ ।

यसका लागि सोमबार नै बैज्ञानिक र विशेषज्ञहरुको एक समुह घोषणा गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुलाई सम्बोधित गर्दै बाइडेनले आफ्ना प्रतिद्धन्द्धिहरुलाई शत्रु मान्न छोड्नका लागि आग्रह गर्नुभयो ।

तीतो बयानबाजी छोडेर एक अर्कालाई मौका दिएर हेर्नु पर्ने उहाँको भनाइ थियो ।

उहाँले आफुलाई मत नदिनेहरुका लगि पनि उत्तिकै मेहनतका साथ काम गर्ने बताउनुभयो ।

आफ्नो सम्बोधनको अन्त्यमा बाइडेनले भन्नुभयो– भरोसा फैलाउनुहोस, तपाईहरुलाई धेरै माया, ब्लैस अमेरिका… ।

यति भनेपछि उहाँका परिवारका सदस्यहरु मञ्चमा उक्लिएका थिए । त्यसपछि आतिशबाजी गरिएको थियो । अमेरिकाका विभिन्न शहरमा उहाँका समर्थकहरुले खुसीयाली मनाइ रहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार १०:१२