सूचनाको शक्ति - The Power Of Information

        

देशभर चिसो बढ्यो, दिउँसो तापक्रम केही बढ्ने

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको तापक्रम एकदमै चिसो महशुस गरिएको छ ।

केही दिन अघिसम्म गर्मी महशुस गरिएको तापक्रम क्रमश घटेपछि चिसो बढेको हो । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलब ८ डिग्री सेल्सियस रहेको छ ।

दिउँसो भने तापक्रम केही बढ्ने देखिएको छ । आइतबार दिउँसो काठमाडौं उपत्काको तापक्रम अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने जनाइएको छ ।

आइतबार दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज काठमाडौं उपत्यकाको मौसम आंशिक बदली हुने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ०८:३२