सूचनाको शक्ति - The Power Of Information

        

कलाकार निर्मल शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं ।  कलाकार निर्मल शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनले शुक्रवार राती फेसबुकमा स्ट्याटस पोस्ट गर्दै आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । सामान्य ज्वरो आउनु बाहेक कुनै लक्षण नदेख्दा पनि उनले पिसिआर गर्दा पोजेटिभ देखिएको स्टासटमा लेखेका छन् ।

अबको १४ दिन होम आइसोलेसनमा बस्ने र आफ्नो सम्पर्कमा रहनु भएकालाई पनि टेस्ट गर्न उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १४:२२