सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा कोरोना सङ्क्रमितको संख्यामा रेकर्ड, एकैदिन १ लाख २७ हजारमा सङ्क्रमण

काठमाडौं । अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड बनेको छ । एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संख्या दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो ।

अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अमेरिकामा कोरोनाका कारण २ लाख ४२ हजारले ज्यान गुमाएका वल्ड्रोमिटरले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या तथा ज्यान गुमाउनेको सङ्ख्या दुवै हिसाबमा अमेरिका महामारीबाट सबभन्दा धेरै प्रभावित देश बनेको छ । विश्वभर कोरोनाका कारण ४ करोड ९६ लाखभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ ।

तीमध्ये ३ करोड ५२ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणबाट अहिलेसम्म विश्वभर गरी १२ लाख ४८ हजारको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १४:१७