सूचनाको शक्ति - The Power Of Information

        

इंग्ल्याण्डसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाले पाहुना टिम इंग्ल्यान्डसँगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्रिकेट दक्षिण अफ्रिकाले नोभेम्बर २७ मा इंग्ल्यान्डसँग सुरू हुने एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले घोषणा गरेको टिममा बलर ग्लेन्टेन स्टुरमानले पहिलो पटक स्थान बनाएका छन् । यस्तै कागिसो राबडा र जुनियर डालाले टिममा पुनरागमन गरेका छन् ।

दक्षिण अफ्रिकाले घरेलु मैदानमा इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।

दुई टिमबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर २७ मा सुरु हुनेछ । यस्तै डिसेम्बर ४ बाट एकदिवसीय सिरिज हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १३:४९