सूचनाको शक्ति - The Power Of Information

        

राजतन्त्र पुनःस्थापनाको माग गर्दै कोहलपुरमा जुलुस

बाँके । कोहलपुरमा युवाहरुको समुहले राजतन्त्र पुनःस्थापनाको माग गर्दै जुलुस निकालेको छ । स्वतन्त्र राष्ट्रवादी अभियानको नामबाट गणतन्त्रबिरुद्ध नारा लगाउँदै राजतन्त्र पुनःस्थापनाको माग गर्दै जुलुस निकालिएको हो । ‘गणतन्त्र धोका हो, संघीयता खारेज गर, धर्मनिरेपक्षता खारेज गर’जस्ता नारा नारावाजी गरेको थियो ।

२०४७ को संबिधान पुर्न वहाली र राजासहितको हिन्दु राज्यको माग सहित आफुहरु सडकमा आएको अभियन्ता अजुनजंग शाहले बताए । राष्ट्रवादी अभियानले राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गरिरहेको शाहले जानकारी दिए । जुलुस कोहलपुर नगरको परिक्रमापछि कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

राजसंस्थासहितको हिन्दुराष्ट्र पुनःस्थापना लागि पछिल्लो समय देशभर चरणवद्धरूपमा राजावादीहरुको सक्रियता बढेको छ । जसमा आमनागरिकको पनि उत्तिकै चासो र उपस्थिति हुन थालेको छ । वर्तमान व्यवस्थाबाट आजित भएका नागरिक पुनः मुलुकमा राजासहितको हिन्दुराष्ट्र अपरिहार्य रहेको भन्दै ‘राजा आउ देश बचाउ’को अभियान जुट्न थालेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १३:५४