सूचनाको शक्ति - The Power Of Information

        

१२ केजी अफिमसहित दुई पक्राउ

जाजरकोट । लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारमा दुई जना पक्राउ परेका हुन् ।

अफिमसहित पक्राउ पर्नेमा सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नं.९ बस्ने ६० वर्षीय कालीबहादुर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समयअघि नलगाड कै तीन जना पक्राउ परेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ११:२८