सूचनाको शक्ति - The Power Of Information

        

नेपाल कम्युनिष्ट पार्टी

नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक धुम्बाराहीमा, आजै अध्यक्ष ओलीलाई भेट्ने

काठमाडौं । सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि नेकपाका बहुमत सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा आज पनि छलफल गरिरहेका छन् ।

छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

सचिवालय सदस्यहरुले आज बिहानै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोजे पनि उहाँले समय केही पर सारेपछि बहुमत सचिवालय सदस्यहरु पुनः छलफलमा जुटेका हुन ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरुको हिजो बसेको बैठकले अर्का अध्यक्ष ओलीलाई औपचारिक सचिवालय बैठक बोलाउन भेटेरै सामुहिक आग्रह गर्ने निर्णय गरेको थियो ।

ओलीले आफ्नो सहमतिबेगर बैठक बोलाइए त्यो पार्टी फुटको प्रस्थान बिन्दू बन्ने चेतावनी दिएको अध्यक्ष प्रचण्डले अन्य सचिवालय सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।

यता प्रधानमन्त्री ओली भने बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग छलफलमा जुट्नु भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ११:१०