सूचनाको शक्ति - The Power Of Information

        

नयाँ प्रोजेक्टको तयारीमा केकी

बाँके । नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले जानकारी दिइन् । केकीले भनिन्, ‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’

केकीले चलचित्रको सम्पूर्ण टिमको जानकारी केही समयपछि दिने बताइन् । केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताइन् । विशालले ‘केमडी च्याम्पियन्स २’ को तयारी गर्नुपर्ने भएकाले उनले यसपटक चलचित्र निर्देशन नगर्ने केकीको भनाई छ ।

केकीले भनिन्, ‘मैले पहिलो चलचित्र कमेडी कथामा निर्माण गरेकी थिएँ । यसपटक भने सामाजिक कथामा चलचित्र बनाउँदैछु । यसैले पनि यसको पूर्व तयारीका लागि केही समय लिनुपर्नेछ । वर्कशप सुरु भएको १ महिना भयो । अझै २ महिना वर्कशप नै हुनेछ ।’ केकीका अनुसार, फागुनबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १२:२४