हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले १० लाख रुपैयाँ घुस रकमसहित विद्युत् प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई पक्राउ गरेको छ । हेटौंडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगले बिहीबार साँझ रंगेहात पक्राउ गरेको हो ।
अख्तियारका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको टोलीले जैसवालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले १० लाख रुपैयाँ घुस मागेका थिए ।
सत्यपाटी ।