सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : पार्टीमा संकट आउन सक्छ, सामना गर्न तयार हुनुस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भए पनि के–के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन । आजको छलफलमा पनि अध्यक्ष प्रचण्डले भेटमा प्रचण्डले सचिवालय बैठक राख्नुपर्ने अडान दोहोर्याएका थिए ।

बैठक बोलाउन ओली सकारात्मक भएको एक नेताले बताए । दुई अध्यक्षबीचको भेटअघि आजै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १५:२८