सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन १११ जना फरार प्रतिवादी पक्राउ

पक्राउ परेकामध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् ।

स्याङ्जा । स्याङ्जामा एकैदिन १११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । एक वडा, दुई इलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयसहित सात वटा युनिटमार्फत् हिजो एकैदिन १११ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, जबरजस्ती करणी, अपराध, बहुविवाह लगायत विभिन्न कार्यमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालतमा बुझाएको पनि उपरीक्षक बोगटीले जानकारी दिए ।

पक्राउ परेकामध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । उनीहरु फेदीखोला, पुतलीबजार, वालिङ नगरपालिका र आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १३:१७