सूचनाको शक्ति - The Power Of Information

        

युरोपियन च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति बार्सिलोना, चेल्सी र युभेन्टस विजयी भएका छन् ।

समुह ‘इ’ को खेलमा इंग्लीश क्लब चेल्सीले फ्रान्सको रेनेजलाई ३–० ले हरायो । यही समुहको अर्को खेलमा स्पेनको सेभियाले रुसको क्रास्नोडारमाथि ३–२ को जित निकाल्यो ।

समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको लाजियो र रुसको जेनिथले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

यसैगरी समुह ‘जी’ को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई २–१ ले पराजित गर्दा इटालीको युभेन्टसले हंगेरीको फेरेन्कभारोसलाई ४–१ ले पाखा लगायो ।

च्याम्पियन्स लिगकै समुह ‘एच’ को खेलमा टर्कीको इस्तानबुल बसाक्सेरले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी)लाई २–१ ले पराजित ग¥यो । एजेन्सी

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०७:२४