सूचनाको शक्ति - The Power Of Information

        

टर्की र इराकको सीमा क्षेत्रमा सेना र विद्रोहीबीच भिडन्त, दुई जनाको मृत्यु

काठमाडौं । टर्कीमा भएको हमलामा दुई जना कुर्दिस लडाकू मारिएका छन् ।

सुरक्षाकर्कीसँगको भएको भिडन्तमा अन्य दुई जना घाइते भएका छन् । दुहोक प्रदेशका अमेदी शहर नजिकै भएको हमलामा ती विद्रोही लडाकू मारिएको समाचारमा जनाइएको छ ।

विद्रोहीहरुले सुरक्षाकर्मीलाई लक्षित गरी पट्रोल बम प्रहार गर्ने क्रमम भएको कारवाहीमा विद्रोही लडाकू मारिएको अधिकारीहरुले बताएका छन् । उत्तरी इराकसहित टर्कीका केही प्रदेशमा कूर्दिस लडाकूहरुको वर्चस्व रहेको छ ।

कुर्दिस लडाकुका नेता मासोउद बर्जानीले आफूहरु सरकारी सेनासँग लड्न तयार रहेको अभिव्यक्ति दिएलगत्तै उक्त हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विद्रोहीहरुले टर्कीको सीमा छाड्न सुरक्षाकर्मीहरुलाई बारम्बार आग्रह गर्दै आएका थिए ।

यता टर्कीस सेनाले विद्रोहीविरुद्धको कारवाही कडा पारेको छ । सेनाले हवाई तथा स्थलगत अनुगमन गरेर विद्रोहीविरुद्धको कारवाही अघि बढाएको जनाएको छ ।(एजेन्सी)

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०७:१८