सूचनाको शक्ति - The Power Of Information

        

त्रिविसहित देशभरका आंगिक क्याम्पसहरूमा आज शोक बिदा

काठमाडौं । त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस र त्यसका देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा बुधबार शोक बिदा दिइएको छ।

त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको ३० असोजमा निधन भएको थियो।

त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सामान्य प्रशासन महाशाखाले सूचना जारी गर्दै बुधबार एक दिन त्रिवि र देशैभरका आंगिक क्याम्पस बन्द रहने जानकारी गराएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ११:४५