सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपतीय निर्वाचन

प्रारम्भीक नतिजा आउन शुरू, धेरैजसो क्षेत्रमा बाइडेनको अग्रता

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणनाको प्रारम्भीक नतिजा आउन थालेको छ । प्रारम्भीक नतिजाहरुमा रिपब्लिकन उम्मेदवार बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । धेरैजसो क्षेत्रमा भने बाइडेन अगाडी देखिएका छन् ।

इलेक्टोरल कलेजमार्फत् त्यहाँ १०० सिनेटर्स र ४३५ प्रतिनिधिसभा सदस्यसहित ५३५ सांसद निर्वाचित हुनेछन् । मतदान सम्पन्न भएलगत्तै अमेरिकामा मतगणना सुरु भएको हो । त्यहाँ हिजो नोभेम्बर ३ मा झण्डै ६ करोड र त्यसअगावै १० करोड मतदाताले मतदान गरेको बताइएको छ । हिजो कतिपय निर्वाचन क्षेत्रका मतदाताले हुलाकमार्फत् मत हालेका छन् ।

त्यस्ता निर्वाचन क्षेत्रको मत संकलनका लागि केही समय लाग्ने ठानिएको छ । अहिले मतगणना जारी रहेका केन्टकी, टेनेसी, वेष्ट भर्जिनिया, आरकन्सो तथा ओक्लाहोमामा ट्रम्प अगाडि देखिएका छन् । डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यू जर्सी, न्यूयोर्क तथा डिस्ट्रिक अफ कोलम्बियामा अगाडि बाइडेनको अग्रता छ । प्रारम्भिक गणनामा बाइडेन ८० भन्दा बढी र ट्रम्प ५० भन्दा बढी सिटमा अगाडि देखिएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०९:४४