सूचनाको शक्ति - The Power Of Information

        

च्याम्पियन्स लिग: रियाल मड्रिड, बायर्न म्युनिख, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु रियाल मड्रिड, बायर्न म्युनिख, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

समुह ‘ए’ को खेलमा बायर्नले अष्ट्रियाको साल्जवर्गलाई ६–२ को फराकिलो गोल अन्तरमा हराउँदा यही समुहको अर्को खेलमा स्पेनको एट्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोसँग १–१ गोलको बराबरी खेल्यो ।

समुह ‘बि’ को खेलमा स्पेनको रियाल मड्रिडले इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदा जर्मनीको बोरुसिया एम्ब्याचले युक्रेनको शख्तर डोनेट्स्कलाई ६–० ले पराजित गर्‍यो ।

यसैगरी समुह ‘सि’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले ग्रिसको ओलम्पियाकोसलाई ३–० ले पाखा लगाउँदा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मार्सेमाथि ३–० कै जित निकाल्यो ।

उता समुह ‘डि’ को खेलमा इंग्ल्याण्डको लिरभपुलले इटालीको एट्लान्टालाई ५–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले डेनमार्कको एफ.सी मित्जील्याण्डलाई २–१ ले पराजित गर्‍यो । एजेन्सी

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०७:३२