सूचनाको शक्ति - The Power Of Information

        

संगीतकार उदयशमशेर राणाको निधन

काठमाडौं । संगीतकार उदयशमशेर राणाको निधन भएको छ । ७४ वर्षको उमेरमा उनको सोमबार निधन भएको हो । उनी पछिल्लो समय अमेरिकाको सियाटलमा बस्दै आएका थिए ।

राणा नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार हुन् । उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेसहितले गीत गाएका छन् ।

ओम गुरुङले गाएको ‘पहिलो भेट मीठो याद हुन्छ’, ओमविक्रम विष्टले गाएको ‘भन्नै सकिन मनका कुरा’, उदितनारायण झा र मिरा राणाले गाएको ‘किन किन देखेर तिमीलाई’ सहितका चर्चित गीतमा संगीत दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १०:१६