सूचनाको शक्ति - The Power Of Information

        

नेताको निधनपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।

कांग्रेस नेता एवम् बहालवाला सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिए।

केसी कांग्रेसका आमन्त्रित सदस्यसमेत हुन्। नेपाली कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै सोमबार पदाधिकारी बैठक बसेको थियो। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति भने कुनै हुन सकेको थिएन् ।

आज पनि बैठक बसेर छलफल गर्ने तय भए पनि बहालवाला सांसदकै निधन भएपछि बैठक रोकिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०९:५१