सूचनाको शक्ति - The Power Of Information

        

कोरोना परीक्षणको आधा खर्च स्थानीय तहहरुले ब्यहोर्ने

धनकुटा । धनकुटामा कोरोना परीक्षणको आधा खर्च स्थानीय तहहरुले बेहोर्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको कोभिड १९ मेनेजमेन्ट सेन्टरको बैठकमा पीसीआर परीक्षण गर्ने ब्यक्तिले ५० प्रतिशत र सम्बन्धित स्थानीय तहले ५० प्रतिशत रकम व्यर्होनु पर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिनु भयो ।

बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनको काम पनि आफ्नै गाउँपालिकामा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकने कोरोना संक्रमण बढ्न सकने भन्दै तिहारमा देउसी भैलो खेल्न पनि रोक लगाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०९:२५