सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम आज कस्तो रहन्छ ?

काठमाडौं ।  उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०८:१४