सूचनाको शक्ति - The Power Of Information

        

मानवअधिकार आयोगको टोली बझाङमा

बझाङ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झंकर रावलको टोली बझाङ पुगेको छ । टोलीले जिल्लास्थित मानवअधिकारसँग काम गर्ने संघसंस्था र व्यक्तिहरुको भेला भएर जिल्लाको समग्र मानवअधिकारको विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा जिल्लामा भैरहेका मानवअधिकारका घटनाहरु नागरिक समाज पत्रकारले खेलेको भूमिका साथै लकडाउनको बेला मानवअधिकार हननका घटनाहरुमा पनि समिक्षा भएको थियो । साथै आयोगका प्रमुख झंकर रावलले पनि बझाङ जिल्लाबाट मानव अधिकार हननका विषयका आयोगमा आएका उजुरीहरुका बारेमा जानकारी दिए । साथै उक्त घटनाहरुमा आफ्नो ध्यानाकर्षण भएकोसमेत बताए ।

साथै कोरोना भाइरसको जोखीमलाई लिएर जिल्लामा गठन भएको मानव अधिकारको सञ्जाल, खाद्यअधिकार सञ्जाल नागरिक समाज र पत्रकारहरुले पनि जिल्लामा भैरहेका मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराएका थिए । साथै मानव धिकारको टोलीले जिल्ला अस्पताल कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाहरुमा टोलीले स्थलगत अनुगमनसमेत गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार १२:०५