चितवन । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका- ३ की ६१ वर्षीया महिलाको आजै बिहान २:५५ बजे मृत्यु भएको पौडेलले बताए ।
ती महिला कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् ।
सत्यपाटी ।