सूचनाको शक्ति - The Power Of Information

        

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा वृद्धको मृत्यु भएको हो।  त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ।

पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। वृद्धको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०८:५३