सूचनाको शक्ति - The Power Of Information

        

प्रस्तावित राजदूतविरुद्धको उजुरीबारे आज सुनुवाइ समितिमा छलफल हुने

काठमाडौं ।  प्रस्तावित तीन राजदूतविरुद्ध परेका उजुरीमाथि आज बस्ने संसदीय सनुवाइ समितिको बैठकमा छलफल हुने भएको छ।

प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन्। ती उजुरीमाथि आज बिहान ११ बजे तय गरिएको बैठकमा छलफल हुने भएको हो।

यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो। उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए।

प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०८:०७