सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं ।  भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०७:२८